danmaku icon

महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख पुस्तकको नेपाली संस्करण लोकार्पणमा बोल्दै अध्यक्ष नारायण दाहाल

2 Lượt xem26/09/2026

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले २०८३ असोज २ गते बुधबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा “महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख” पुस्तकको नेपाली संस्करण लोकार्पण गर्नुभयो। “ह्वेनसाङले त्यो बेला कष्टकर जोखिम नउठाएको भए यो ऐतिहासिक तथ्य आज हाम्रा सामु हुने थिएन” अध्यक्ष दाहालले भन्नुभयो, “उनको त्यो यात्रा वृतान्तको लेखनले नेपालको मात्र नभई समग्र दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण ऐतिहासिक स्मृतिलाई सयौँ वर्षदेखि संरक्षण गरेको छ।” ह्वेनसाङले नेपालमा देखेको भू-दृश्य, जनजीवन, बौद्ध विहार र संस्कृतिबारे अभिलेखमा उल्लेख गरेका विषयले नेपालको प्राचीन अवस्थाबारे जानकारी लिन महत्वपूर्ण सहयोग गर्ने अध्यक्ष दाहालले बताउनु भयो। अध्यक्ष दाहालले ह्वेनसाङको पैदल यात्रा र आधुनिक समयमा चीनले अघि सारेको अन्तरदेशीय सम्पर्क विस्तारबीच ऐतिहासिक तादात्म्य देखिने बताउनु भयो। अध्यक्ष दाहालले भन्नुभयो, “१४ सय वर्षअघि ह्वेनसाङले भिक्षुका रुपमा पैदल यात्रा गर्नु र आजको युगमा राष्ट्रपति सीले सडक सञ्जालबाट ग्लोबल साउथलाई जोड्न खोज्नु कही न कही त्यसको तादाम्यता देखिन्छ।” ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करणले नेपाल-चीन सम्बन्धका ऐतिहासिक आयामलाई नेपाली भाषामा बुझ्ने अवसर दिएको भन्दै अध्यक्ष दाहालले यस्ता कृतिले दुई देशबीचको मित्रतालाई पुस्तौँसम्म थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष दाहाल, पूर्वशिक्षामन्त्री रघुजी पन्त, पुस्तकका चिनियाँ अनुवादक फु छियाङ र नेपालस्थित चिनियाँ सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक लिउ चानफिङले पुस्तकको सामूहिक लोकार्पण गर्नुभएको थियो। चिनियाँ भिक्षु ह्वेनसाङले परम्परागत चिनियाँ लिपिमा लेखेको उक्त पुस्तकलाई आधुनिक चिनियाँ भाषामा चिनियाँ लेखक फु छियाङले अनुवाद गर्नुभएको छ भने नेपालीमा दीक्षा दवाडीले अनुवाद गर्नुभएको छ। पुस्तकको सम्पादन गणेशकुमार जीसीले गर्नुभएको छ।
creator avatar

Đề xuất cho bạn

  • Tất cả
  • Anime